माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार

सफल खबर संवाददाता

सोमबार, २१ पुस २०८२, १८ : ०६
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको दर्ता खारेज हुनुपर्ने माग अस्वीकार गरेको छ ।

न्यायाधीशहरू डा. मनोज शर्मा र सुनिलकुमार पोखरेलको इजलासले एमाले अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको रिट निवेदन खारेज गरेको हो ।

माधव–झलनाथ समूहले एमाले फुटाएर निर्वाचन आयोगमा एकीकृत समाजवादी गठन गरे लगत्तै ओलीले दर्ता खारेज हुनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

रिट निवेदन खारेज गरे पनि सर्वोच्च अदालतले केही निर्देशनात्मक आदेश जारी हुने जनाएको छ । तर, निर्देशनात्मक आदेश जारी गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस