काठमाडौ । नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान सन्दीप लामिछानेले करिब ४ महिना पछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन्।
विश्वकप लिग-२ को घरेलु श्रृंखलाका लागि प्रारम्भिक टिमको घोषणा हुँदा बलात्कार आरोपमा मुद्दा खेपिरहेका सन्दीप टिममा नअटाएपछि उनले फेसबुकमार्फत चाँडै उज्यालो दिन आउने विश्वास व्यक्त गरेका छन्।
उनले लेखे ‘हरेक पलका लागि कृतज्ञ छु, उज्यालो आउनु अघि सँधै अँध्यारै हुन्छ।’ सन्दीपले फेसबुकमा अक्टोबर पछि स्टाटस लेखेका हुन्। शुक्रबारमात्रै क्यानले त्रिकोणात्मक सिरिजका लागि प्रारम्भिक टिमको घोषणा गरेको छ।
सन्दीप बलात्कार आरोप लागेपछि निलम्बनमा रहेका छन्। उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपनि पाटन उच्च अदालतमा उनले पुनरावेदन गरेसँगै अदालतले उनलाई जेल मुक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ माघ २०७९, ०६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेले पीएम कप नखेल्ने
क्रिकेटर सन्दीप लामिछानेको शल्यक्रिया
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा