काठमाडौं । नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न गएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भएर सन्दीप बंगलादेश गएका हुन् ।
यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध भएका छन् । लामिछाने बीपीएलमा दोस्रो पटक अनुबन्ध भएका हुन् । यसअघि उनी २०१९ मा सिलेट टाइटन्समा अनुबन्ध भएका थिए ।
राजशाही वारियर्सले सन्दीप जहाजमा बसेको तस्बिर राख्दै उनलाई स्पिन किंग्सको संज्ञा दिएको छ ।
सन्दीपको टिमलाई बंगलादेशका कप्तान नजमुल हुसेनले नेतृत्व गर्दैछन् । यो टिममा नेपाल प्रिमियर लिग खेलेका जिमी निशमसमेत छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, ०६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लंका प्रिमियर लिगमा सन्दीप लामिछाने जाफ्ना किङ्समा अनुबन्धित
एकदिवसीय खेलमा सन्दीपको नयाँ कीर्तिमान, ७३ खेलमा लिए १५० विकेट
सन्दीप लामिछाने ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त