काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले दोस्रो चरणमा आज देखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दै छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गर्न गएका नेपालीका लागि आईपीओ निष्कासनपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी एक अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ निष्कासन गर्ने निर्णय गरेको थियो । त्यसमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाका लागि र दुई लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा गएका नेपालीका लागि कम्पनीले निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले एक लाख २० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ । त्यस्तै ४८ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएको छ । बाँकी १९ लाख ९२ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम एक लाख कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । आईपीओ खरिदका लागि माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्रसम्म मागबमोजिम आवेदन नपरेमा निष्कासन अवधि माघ २७ गतेसम्म लम्बिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ माघ २०७९, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिखर पावरको आईपीओ बाँडफाँट
सर्वसाधारणलाई भुजुङ हाइड्रोपावरको आईपीओ खुल्यो
सालपा विकास बैंकको आईपीओ बाँडफाँट
सालपा विकास बैंकको आईपीओ आजदेखि बिक्री खुला
आजदेखि नयाँ आईपीओ खुला
एसवाई प्यानलको आईपीओ आजदेखि बिक्री खुला