राष्ट्रपति पोडेल राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

सफल खबर संवाददाता

आइतबार, २९ चैत्र २०८२, १२ : ३९
राष्ट्रपति पोडेल राष्ट्रिय सभाका अध्यक्ष दाहालबीच शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा आज शिष्टाचार भेट गरेका छन् । 

त्यसअवसरमा राष्ट्रपति पौडेललाई अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारण सभामा आफू सहभागी हुने जानकारी गराएका थिए । 

साथै उनीहरूबीच समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस