अर्थतन्त्र अझै चिन्ताजनक छ : प्रधानमन्त्री प्रचण्ड

सफल खबर संवाददाता

विहीबार, १२ माघ २०७९, १९ : २८
अर्थतन्त्र अझै चिन्ताजनक छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन। बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

उनले अहिले पनि अर्थतन्त्रका परिसूचकहरु राम्रो नभएको बताए। उनले आफूलाई अर्थतन्त्र चलायमान र गतिशिल बनाउने चुनौति रहेको बताए ।प्रधानमन्त्री दाहालले सरकारको पहिलो बैठकमा नै आफूले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्यमार्फत आर्थिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्ने दिशा निर्देश गरेको बताए ।

उनले मारवाडी सेवा समाजले निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्यले ३ सय शैय्याको अस्पताल बनाउने कुरा राखेको भन्दै सरकारको तर्फबाट आवश्यक जग्गा उपलब्ध गराउने पहल आफूले गर्ने प्रतिवद्धता जनाए ।

प्रधानमन्त्री दाहालले आफ्नो यो कार्यकालमा देशमा सुशासन नेपाली जनताको र समृद्धिको आकांक्षालाई सम्बोधन गर्ने प्रतिवद्धता गरेको बताए।

प्रतिक्रिया दिनुहोस