काठमाडौं । सेयर बजार बुधबार दाेहाेराे अंकले उकालो लागेको छ । नेप्से परिसूचकमा १०.३७ अंकले बढेर २१८३.६२ विन्दुमा आएर रोकिएको छ ।बुधबार २६१ कम्पनीको कारोबार भएको छ । ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएको छ । ३ अर्ब ४६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
राष्ट्रिय हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ र हिमालय दोलखा हाईड्रो पावरको ९ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
ग्रिन लाइफ हाईड्रोपावर, आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी बिमा, सूर्य ज्योति जीवन बिमा र बलेफी हाईड्रोपावर कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
कुल १५९ कम्पनीमा उकलो लागेको छ भने ४६ कम्पनीमा ओरालो लागेको छ । साथै ६ कम्पनी भने स्थिर रहेको छ । आज १३ उपसूचकहरु ३ बाहेक सबै कम्पनी उकालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ११ माघ २०७९, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार