काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य सात सय रुपैयाँले बढेर प्रतितोला रु एक लाख पाँच हजार दुई सय पुगेको छ। अघिल्लो दिन प्रतितोला रु एक लाख चार हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु सात सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रु एक लाख चार हजार थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार तीन सय ७५ पुगेको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ माघ २०७९, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ आज पनि घटयो, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ हालसम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, कतिमा हुदैछ आज कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, एक तोलाको २ लाख ६१ हजार ७ सय
सुनको भाउ सामान्य घट्यो, चाँदीको भाउ अहिले सम्मकै उच्च, कतिमा हुदैछ कारोबार ?
तोलामा २ हजार घट्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?