काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा आज १७.२६ अंक वृद्धि हुँदा सेयर बजार २०४६.२९ विन्दुमा पुगेकाे छ । आज ०.८८ प्रतिशतले सेयर बजार बढेको हो ।
साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज नविल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दुर सञ्चार कम्पनीको १९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।
सृजनसिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । साथै खप्तड लघुवित्त, धाैलागिरि लघुवित्तको ९.९९ प्रतिशत र अजोड बिमा प्रभु बिमाको ९.९८ प्रतिशतले मूल्य वृद्धि भएको छ।
कुल १२१ कम्पनीकाे सेयर उकलो लागेको छ भने ८७ कम्पनीकाे मूल्य ओरालो लागेको छ । जम्मा चार कम्पनी स्थिर रहेका छन् । आज विकास बैंक र फाइनान्सबाहेक सबै उपसुचकमा हरियाली छाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ पुस २०७९, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार