काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिमण्डलको कथित सम्पत्ति विवरण सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा चर्चा चुलिएको छ। सार्वजनिक विवरणअनुसार प्रधानमन्त्रीसहित विभिन्न मन्त्रीहरूसँग उल्लेख्य मात्रामा सुन–चाँदी रहेको देखाइएको छ।
सूचीअनुसार प्रधानमन्त्री बालेन शाहसँग १९० तोला सुन रहेको उल्लेख छ। अर्थमन्त्री स्वर्णीमसँग ८५ तोला सुन, गृहमन्त्री सुदनसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको बताइएको छ।
उद्योगमन्त्री गौरीकुमारीसँग १८० तोला सुन र २ किलो चाँदी रहेको विवरणमा उल्लेख छ भने महिला मन्त्री सिता बादीसँग १८ तोला सुन र १५ तोला चाँदी रहेको जनाइएको छ। शिक्षामन्त्री सस्मित पोखरेलसँग २५ तोला सुन र १०० तोला चाँदी रहेको तथा श्रममन्त्री रामजी यादवसँग ८० तोला सुन रहेको दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०८२, २१ : ३६
लेखकबाट थप