काठमाडौं । चार महिनापछि सेयर बजार परिसूचक नेप्से दुई हजार अंकको बिन्दु पार गरेको छ । ११ भदौमा दुई हजार अंकको बिन्दुबाट तल झरेको नेप्सेले १४ पुसमा आएर पुनः २ हजार अंकभन्दा माथिको बिन्दुमा पुगेको छ ।
साताको अन्तिम कारोबार दिन तथा सन् २०२२ को अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से ५६.८८ अंक (२.८८ प्रतिशत)ले वृद्धि हुँदा २०२९.०३ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा करिब ३ अर्बको कारोबार भएको छ ।
बिहीबार वित्त कम्पनी उपसूचक सर्वाधिक ५.३८ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर उपसूचक पनि ४.९२ प्रतिशतले वृद्धि भएको छ । नेप्सेमा उच्च वृद्धि हुँदा बिहीबार २ अर्ब ८६ करोड ३ लाख ४६ हजारको सेयर कारोबार भएको छ ।
जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक १२ करोड १४ लाख ७२ करोडको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको १० करोड ९२ लाख ४८ हजारको कारोबार भएको छ । त्यस्तै रिडी पावर कम्पनीको १० करोड १४ लाख २७ हजारको कारोबार भएको छ ।
बिहीबार नेप्सेमा २१४ कम्पनीको सेयर कारोबार हुँदा २०८ कम्पनीको सेयरमूल्य बढेको छ । त्यस्तै ६ कम्पनीको सेयरमूल्यमा भने गिरावट भएको छ ।बिहीबार नेप्सेमा कारोबार भएकामध्ये ७ कम्पनीको सेयरमूल्य बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । हिमालयन उर्जा विकास कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र सृजनशील लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
यस्तै धौलागिरी लघुवित्त, अजोड इन्स्योरेन्सको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि हुँदा प्रभु लाइफ इन्स्योरेन्स र श्वेतगंगा हाइड्रोपावर कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । यता नेस्डो समृद्धि लघुवित्तको सेयरमूल्य १.०४ प्रतिशतले गिरावट हुँदा इस्टन हाइड्रोपावर कम्पनीको सेयरमूल्य ०.८२ प्रतिशतले गिरावट भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ पुस २०७९, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार