काठमाडौँ । अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भएको दोस्रो दिन मंगलबार पनि सेयर बजारमा उत्साह देखिएको छ । कारोबार रकम र परिसूचक दुवैले छलाङ मारेको छ । परिसूचक नेप्से ५९.८७ अंकले बढ्यो । सो अंकको वृद्धिपछि नेप्से १९८३ अंकमा कायम भएको छ ।
यसअघि सोमबार नेप्से ५६ अंकले बढेको थियो । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा झण्डै दोब्बर भएको छ । सोमबार २ अर्ब ९ करोडको कारोबार भएकोमा मंगलबार ३ अर्ब ८८ करोडको धितोपत्र किनबेच भयो । २०२ कम्पनीको मूल्य बढ्दा ८ को घट्यो भने २ को स्थिर रहृयो । सबै उपसमूहहरु बढेका छन् । बैंकिङ ३५, विकास बैंक १००, फाइनान्स ६७, होटल तथा पर्यटन ११७, जलविद्युत् ९५, जीवन बीमा ३७२, उत्पादन ७२, माइक्रोफाइनान्स ५५, निर्जीवन बीमा २८३, अन्य ३७ र व्यापार उपसमूह ५३ अंक बढे । ८ कम्पनीको मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ ।
सिद्धार्थ इन्स्योरेन्स, मल्टिपर्पोज फाइनान्स, अजोड इन्स्योरेन्स र सिर्जनशील लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । धौलागिरि लघुवित्त, कालिका पावर, तेह्रथुम पावर र निफ्राको मूल्य पनि करिब १० प्रतिशत (साढे ९ प्रतिशतभन्दा धेरै) बढ्यो । कारोबार रकमका आधारमा लक्ष्मी बैंक, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, नबिल बैंक र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ पुस २०७९, १५ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार