प्रि-ओपन सेसनमा नेप्से ४.७२ अंकले उकालो

सफल खबर संवाददाता

मंगलबार, १२ पुस २०७९, ११ : ३३
प्रि-ओपन सेसनमा नेप्से ४.७२ अंकले उकालो

काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक ४.७२ अंकले उकालोे लागेको छ । यससँगै सूचक १९२८.८१ विन्दुमा आएको छ ।  ४१ कम्पनीको कुल ९ हजार ८७२ कित्ता सेयर खरिदबिक्री भएको र ३५ लाख २८ हजार ३९९ रुपैयाँको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल ३३ कम्पनीमा उकलो लागेको छ भने जम्मा एकको मूल्य घटेको र ७ कम्पनी स्थिर रहेको छ । सुरुवाती चरणमा नै सिद्धार्थ बैंक र हिमालय डिस्टिलरीको सर्वाधिक सेयर कारोबार भइरहेको छ ।

साथै, स्वाबलम्बन लघुवित्त वित्तिय संस्था, गरिमा विकास बैंक, रसुवागढी जलविद्युत् कम्पनी र अधिखोला लघुवित्त बित्तिया संस्थाको २ प्रतिशतले मूल्य वुद्धि भएको छ । 

यता, १३ उपसूचकहरूमध्ये ३ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै कम्पनीहरूमा हरियाली छाएको छ । 

प्रतिक्रिया दिनुहोस