काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सेयर बजारले स्वागत गरेको छ ।
सेयर बजार प्रधानमन्त्री दाहाललाई स्वागत गर्दै सोमबार नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ मा रोकिएको छ । २५० कम्पनीको ५६ लाख ५३ हजार ५३ कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ४२.७३, विकास बैंक १५२.०५, वित्त कम्पनीको ९५.१९, जलविद्युत १००.०९, जीवन बीमा २५२.१०, उत्पादन तथा प्रशोधन १३९.८८, माइक्रोफाइनान्स ११८.८१, निर्जीबन बीमा २५७.६२, ट्रेडिङ समूहको उपसूचक ५६.५६ अंकले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार