काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सेयर बजारले स्वागत गरेको छ ।
सेयर बजार प्रधानमन्त्री दाहाललाई स्वागत गर्दै सोमबार नेप्से परिसूचक ५६.८६ अंकले बढेर १९२४.०७ मा रोकिएको छ । २५० कम्पनीको ५६ लाख ५३ हजार ५३ कित्ता सेयर २ अर्ब ९ करोड ७० लाख ४९ हजार ९४१ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा सुधार देखिएको छ । बैंकिङ समूहको ४२.७३, विकास बैंक १५२.०५, वित्त कम्पनीको ९५.१९, जलविद्युत १००.०९, जीवन बीमा २५२.१०, उत्पादन तथा प्रशोधन १३९.८८, माइक्रोफाइनान्स ११८.८१, निर्जीबन बीमा २५७.६२, ट्रेडिङ समूहको उपसूचक ५६.५६ अंकले बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ पुस २०७९, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यो साता २.२ प्रतिशतले घट्यो सेयर बजार
सेयर बजार २७१९ अंकमा झर्यो
१९.८९ अङ्कले घट्यो सेयर बजार, ४ अर्ब ४३ करोडको कारोबार
सेयर बजारमा दोहोरो अंकको वृद्धि
सेयर बजारका सबै सूचक घटे
सेयर बजार घट्यो, ८ अर्ब ९ करोडको कारोबार