काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकले ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक १३.२९ अंकले ओरालो लागी १८५३.९३ विन्दुमा पुगेर रोकिएको छ । बुधबार पनि सेयर बजार ५.८९ अंकले ओरालो लागेको थियो ।
आज २४७ कम्पनीको कारोबारमा ३० लाख १५ हजार ६०८ कित्ता सेयर किनबेच भएको र आज एक अर्ब ८ करोड ३९ लाखभन्दा बढीको सेयर किनबेच भएको छ ।
यस्तै, नेपाल दूरसञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक धेरै भएको छ । सो कम्पनीको १४ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । एनआइसी एसिया बैंकको ५ करोडभन्दा बढीको कारोबार भएको छ । यता, सृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।
आज १३ वटा उपसूचकहरुमध्ये तीन कम्पनीको मूल्य वृद्धि भएको छ । सबैभन्दा धेरै अन्य सूचकको २ प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ पुस २०७९, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो
घट्यो सेयर बजार