काठमाडौं । साताको तेस्राे कारोबार दिन मंगलबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ । मंगलबार नेप्से परिसूचक १४.२२ अंकले उकालो लागेर १८७३.११ विन्दुमा पुगेर रोकिएको छ । सोमबार भने सेयर बजारमा करिब चार अंकले वृद्धि भएको थियो ।
मंगलबार २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको र ९३ करोड ८ लाखभन्दा बढीको काराेबार भएको छ ।यस्तै, नेपाल दुरसञ्चार कम्पनीकोे सेयर कारोबार सर्वाधिक भएको छ । बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । यता सिभिल बैंकको ४ करोड भन्दा बढीको कारोबार भएको छ ।
आँधिखोला लघुवित्त वित्तिय संस्थाको र सृजनशील लघुवित्त वित्तिय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । १३ वटा उपसूचकहरुमा हरियाली छाएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन र अन्य इन्डेक्समा २ प्रतिशतले वृद्धि भएको नेप्सेले जानाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ पुस २०७९, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार