काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा करिब डेढ प्रतिशतको गिरावट भएको छ । आइतबार बजार मापन गर्ने सूचक २७.५४ अंकले घटेर १८५५.०६ बिन्दुमा रोकिएको छ ।
२५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँको सेयर किनबेच भएको छ ।धमाधम लाभांश आइरहँदा पनि त्यसले लगानीकर्तालाई आकर्षण गर्न सकेको छैन । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको १९.५८, विकास बैंक ६८.८७, वित्त कम्पनी ४३.९३, होटल तथा पर्यटन २५.३५, जलविद्युत ४०.५३, उत्पादन तथा प्रशोधन ३८.४५, माइक्रोफाइनान्स ५६.२६, निर्जीबन बीमा समूहको उपसूचक ६७.०८ बिन्दुमा रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ पुस २०७९, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार
४८ अंक बढ्यो सेयर बजार
सेयर बजार २८ सय अंक नाघ्यो
सेयर बजार ५ अंकले बढ्यो
७४ अंक घट्यो सेयर बजार
१९ अंक बढ्यो सेयर बजार