काठमाडौं । सेयर बजार बिहीबार ओरालाे लागेकाे छ । सेयर कारोबार मापक नेप्से परिसूचक १४.४८ अंकले ओरालो लागि १८८२.६० विन्दुमा आएर रोकिएको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.१५ अंक घटेर ३६८.०४ मा पुगेको छ।नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा कूल २१० कम्पनीको कारोबार हुँदा २८ कम्पनीमा वृद्धि भएको र १६७ कम्पनीमा ओरालो लागेसँगै १५ कम्पनी स्थिर रहेको छ ।
यस्तै, कुल २५४ कम्पनीको कारोबारमा ४८ लाख चार हजार ८७६ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १९ करोड २६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
कारोबारको आधारमा एनसीसी बैंक शीर्ष स्थानमा छ। यसको २२ करोड ८९ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट बैंक र तेस्रोमा सिवाइसियलको कारोबार भएको छ।
यता, रुरु जलविद्युत परियोजना र इस्टर्न हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशत बढेको छ। सबै उपसूचकहरु राताम्मै भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ मंसिर २०७९, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार