काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको उपचार चीनमा सुरु भएको छ ।लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित वर्षमान उपचार गर्न यही मंसिर १६ गते चीन गएका थिए । चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालको क्वारेन्टिनमा उपचार सुरु भएको पुनको सचिवालयले जनाएको छ ।
यसअघि पनि उनको उपचार सोही अस्पतालमा भएको थियो ।गत वर्ष ललितपुरको जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा उनी थाइल्याण्डको राजधानी बैंकक गएका थिए । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि उतैबाट चीनको सेनजेन लगिएको थियो । चीनमा उपचार गराएर उनी २०७८ माघ १० गते काठमाडौं फर्किएका थिए ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको धपेडीका कारण स्वास्थ्य समस्या बल्झिएपछि पुनः सेन्जेनस्थित थर्ड पिपुल्स अस्पतालमा लगिएको पुनको सचिवालयले जनाएको छ । वर्षमानसँग उनकी पत्नी एवम् पूर्वसभामुख ओनसरी घर्ती र छोरी शीला छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ मंसिर २०७९, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा