काठमाडौं । गोंगबुबाट अवैध लागु औषध ब्राउन सुगरसहित १९ जना पक्राउ परेका छन् । टोखा नगरपालिका-१० गोंगबु बस्ने ३३ वर्षीय डलराज मगरको कोठाबाट अवैध लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम १९ मिलिग्राम र उनीसहित १९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
मगरको कोठामा लागू औषध बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले खानतलासीका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार उक्त कोठाबाट अवैध लागु औषधसँगै ६५ हजार ५० रुपैयाँ नगद पनि बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा लागुऔषधसहित ६ जना पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा