धनगढी । कैलालीमा हसिया प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन्। हसिया प्रहारबाट जोशीपुर गाउँपालिका( ६ कुमारी बाग बस्ने ३३ वर्षीय पदम राज भण्डारीको मृत्यु भएको हो।
भिनाजु नाता पर्ने स्थानीय ५० वर्षीय गौरीलाल ढुङ्गानाले साला नाता पर्ने भण्डारीमाथि हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले बताए।
भिनाजुको हँसिया प्रहारबाट अर्का साला ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि कोहरलपुर रिफर गरिएको डिएसपी जोशीले बताए।
मंगलबार राती करिब ९ बजे भएको घटनापछि आरोपित ढुङ्गाना फरार हरेको प्रहरीले जनाएको छ। डिएपी जोशीले फरार भएको ढुङ्गानाको खोजीका लागि प्रहरीको २ वटा टोली परिचालन गरिएको जनकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ मंसिर २०७९, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण