पुर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०८२, २० : १६
पुर्वमन्त्री खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ। पुर्वमन्त्री दीपक खड्का विरुद्ध अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको हिरासत म्याद स्वीकृत गरेको छ।

आइतबार बिहान पक्राउ परेका उनलाई सोही दिन जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएपछि म्याद थपको आदेश जारी भएको हो।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीसमेत रहेका खड्कालाई भदौ २४ गते भएको ‘जेन जेड’ आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको बताइएको छ। सो आन्दोलनका बेला उनको निवासमा भएको तोडफोड तथा आगजनीपछि त्यहाँबाट जलेको अवस्थामा रकम फेला परेको विषय अनुसन्धानको मुख्य आधार बनेको छ।

यस प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अगाडि बढाइरहेको छ। विभागले घटनास्थलबाट जलेका नोटका अवशेष तथा खरानी संकलन गरी परीक्षणका लागि सुरक्षित गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस