बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

सफल खबर संवाददाता

आइतबार, १५ चैत्र २०८२, २१ : ०७
बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

आज मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरूसँगको बैठकमा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले बेटिङ एप र त्यससम्बन्धी वेबसाइट बन्द गर्न निर्देशन दिएका हुन् ।

यो निर्देशनसँगै प्राधिकरणले बेटिङ बन्द गर्ने प्रक्रिया सुरु भएको छ । बेटिङ बन्दका लागि ‘अपरेटर्स’हरूलाई निर्देशन दिएर बन्द कार्य सुरु भइसकेको प्राधिकरणका सहायक प्रवक्ता डा. प्रदीप पौड्यालले जानकारी दिए ।

मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस