काठमाडौं । साताको दोश्रो कारोबार दिन साेमबार नेप्से परिसूचकमा १.२५ प्रतिशतले ओरालो लागेको छ । आइतबार २.१६ अकले वृद्धि भएको नेप्से साेमबार २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा आएर रोकिएको छ ।
यस्तै, सेन्सेटिभ इन्डेक्सममा पनि १.३५ प्रतिशतले ओरालो लागेका छ । ४१ लाख २७ हजार बढीको कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख बढीको कारोबार भएको छ ।
यस्तै १८९ कम्पनीहरुको कारोबार हुँदा जम्मा १४ कम्पनीमा वृद्धि भएको छ । १८१ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । त्यस्तै, सयपत्री हाइड्रोपावर ३.१२ प्रतिशत, एनआइसि एसिया २.५६ प्रतिशतले वृद्धि भएको छ ।
यता, रिडी पावर कम्पनीमा ३० करोड ८३ लाख ५७ हजार ४४ रुपैयाँ, शिभम् सिमेन्टको २० करोड २३ लाख ४६ हजार ६६२ रुपैयाँ र नबिल बैंक ८ करोड ४७ लाख बढीको कारोबार छ ।
सोमबार सबै उप सुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै फाइनान्स र माइक्रो फाइनान्समा २ प्रतिशत बढिले ओरालो लागेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ मंसिर २०७९, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा ३४ अङ्कको वृद्धि, ९ अर्ब ४१ करोडको कारोबार
नेप्सेमा दाहाेराे अंककाे गिरावट !
सेयर बजार १ प्रतिशत बढ्यो, ११ अर्ब ४१ करोडको कारोबार
सेयर बजार उच्चतम अंकमा, ९ अर्ब ६८ करोडको कारोबार
नेप्से परिसूचक २७०० माथि, कारोबार रकम ७ अर्ब ४५ करोड
नेप्से परिसूचक झिनो अंकले घट्यो