झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्न बताएका छन् । गृहनगर दमकमा शुक्रबार स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने दाबी गरे ।
नेताहरुको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने दाबी गरेका अध्यक्ष ओलीले देखिएका गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरु पराजित हुने जिकीर गरे ।
सरकारले प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेपछि गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले चुनावपछि एमालेको सरकार बन्ने दाबी गरे ।
जनताले भ्रष्ट नेताहरुको गठबन्धनलाई पराजित गर्ने र एमालेलाई बहुमत दिने बताउँदै ओलीले चुनावपछि एमालेकै सरकार बन्ने दोहो-याए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ भदौ २०७९, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेनाको हेलिकप्टरमा भागेको १०९ दिनपछि बालुवाटार पुगे ओली
देउवा, ओली र प्रचण्डलाई भेट्दै संचारमन्त्री खरेल
देउवा र ओलीबीच महाराजगञ्जमा भेटवार्ता जारी
एमाले नेतृत्वमाथि भौतिक हमला हुन सक्छ, त्यो दिन देश ठप्प हुनुपर्छ’ : ओली
एघारौं महाधिवेशनको उद्घाटन सत्रमा ओलीले के भने ? (पूर्णपाठ)
‘म ढुक्कले भन्छु, एमाले अजम्बरी छ : ओली