झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्न बताएका छन् । गृहनगर दमकमा शुक्रबार स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै उनले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने दाबी गरे ।
नेताहरुको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने दाबी गरेका अध्यक्ष ओलीले देखिएका गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरु पराजित हुने जिकीर गरे ।
सरकारले प्र्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेपछि गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले चुनावपछि एमालेको सरकार बन्ने दाबी गरे ।
जनताले भ्रष्ट नेताहरुको गठबन्धनलाई पराजित गर्ने र एमालेलाई बहुमत दिने बताउँदै ओलीले चुनावपछि एमालेकै सरकार बन्ने दोहो-याए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ भदौ २०७९, १६ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी
ओलीको रिटमा सोमबार सुनुवाइ हुने
ओली र लेखकलाई आज अदालतमा उपस्थित गराइँदै
कार्की आयोगको सिफारिस ‘चरम पूर्वाग्रह’: अध्यक्ष ओली
रेनु दाहालको निर्वाचन परिणामप्रति एमाले अध्यक्ष ओलीद्वारा आश्चर्यसहित दुःख व्यक्त
अस्पतालमा ओली पिताप्रति श्रद्धाञ्जली