काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेको नेतृत्वमा देश विकास सम्भव रहेको बताएका छन् । नेकपा (एमाले) शुक्लागण्डकी नगर कमिटीले शुक्रबार दुलेगौडामा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले उक्त कुरा बताएका हुन् ।
सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने अभियानमा एमाले सदैव प्रतिबद्ध रहेको महासचिव पोख्रेलको भनाइ थियो । अन्य राजनीतिक दल यथास्थितिवादी भएकाले अन्य पार्टीको नेतृत्वमा विकास सम्भव नरहेको पोखरेलले दाबी गरे ।
देश विकास र समाज निर्माणमा एमालेलाई अब्बल बनाउन सबै नेता तथा कार्यकर्ता लाग्नुपर्ने महासचिव पोखरेलले बताए । “प्रशिक्षण कार्यक्रमबाट नेता तथा कार्यकर्तालाई सक्रिय बनाउँदै देश विकासको अभियानमा लाग्ने प्रेरणा जगाउनुपर्छ”, पोखरेलले भने ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १३ साउन २०७९, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टीका आन्तरिक विषय सम्बन्धित फोरममा मात्र छलफल गर्न महासचिव पोखरेलको निर्देशन
दुई कार्यकाल र ७० वर्षे हटाइसकेको महासचिव पोखरेलको दाबी
मुलुकलाई धानमा आत्मनिर्भर बनाउन सकिन्छ: महासचिव पोखरेल
नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ: महासचिव पोखरेल
जबजकै कारण एमाले मुलुकको निर्णायक शक्ति बन्यो : महासचिव पोखरेल
गणतन्त्र सरकारको मात्र सरोकारको विषय होइन : महासचिव पोखरेल