एजेन्सी । इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। घटनामा अन्य ३३ जना घाइतेसमेत भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन्। मंगलबार देशको दक्षिणी क्षेत्रमा पर्ने मिन्या प्रान्तमा घटना भएको जनाइएको छ।
‘राजधानी कायरोतर्फ आइरहेको बस दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो’, गभर्नर ओसामा अल क्वाडीले भने। दुर्घटनामा परेको बस देशको दक्षिणी प्रान्त सोहाङबाट हिँडेको थियो। सडकमा रोकेर राखिएको ट्रकमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ।
घाइतेहरूलाई एम्बुलेन्समा राखेर स्थानीय अस्पतालमा लागिएको छ। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र अधिकांशको अवस्था समान्य रहेको चिकित्सकहरूले जनाएका छन्। राजधानी कायरोदेखि २०० मिटर टाढा घटना भएको हो।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०४ साउन २०७९, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो
रामेछाप बस दुर्घटना अपडेट : सात जनाको मृत्यु, बेहोस अवस्थामा चार जनालाई अस्पताल लगिँदै
धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते