काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार हुने खेलमा नेपालले सुरुमा बलिङ गर्ने भएको छ । स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो ।
महत्त्वपूर्ण शृंखला अन्तर्गत यसअघि मंगलबार भएको खेलमा स्कटल्यान्डसँग दुई रनले पराजित भएको नेपाल आज जित्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।
यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुँदैछ । नेपालको प्लेइङ ११ मा डा. इशान पाण्डेले लगातार दोस्रो खेलमा स्थान पाएका छन् । आजको खेलमा ओपनिङ नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले गर्नेछन् ।
स्कटल्यान्डविरुद्धको नेपालको प्लेइङ–११
कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेट किपर आशिफ शेख, कुशल भुर्तेल, इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र सन्दीप लामिछाने ।
लिग–२ को तालिकामा शीर्ष स्थानमा रहेको स्कटल्यान्ड नेपालमाथि जित निकाल्दै उपाधिको दौडमा हुनेछ भने नेपाल स्कटल्यान्डलाई पराजित गर्दै ओडिआई स्टाटस जोगाउने दौडमा छ ।
घरेलु मैदानमा जारी खेल नेपालका लागि एकदिवसीय अस्तित्व जोगाउने लडाइँ बनेको छ। दुईदुई खेलको शृङ्खलामा नेपालले एक जित र एक हारको सामना गरिसकेको छ । स्कटल्यान्डसँग पहिलो खेलमा दुई रनले पराजित भएको नेपालले अमेरिकालाई यो शृङ्खलामा ९ विकेटले हराइसकेको छ ।
लिग–२ को तालिकामा अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ भने स्कटल्यान्ड ३० खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ। नेपाल भने २६ खेलमा २० अंक जोडेर आठ राष्ट्र सम्मिलित तालिकाको सातौँ स्थानमा छ। लिग-२ का शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने भएकाले नेपालका लागि अबका हरेक खेल महत्त्वपूर्ण छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ जेठ २०८३, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग-२ : आज घरेलु मैदानमा स्कटल्यान्डसँग भिड्दै नेपाल
विश्वकप लिग-२: अमेरिकामाथि नेपालको प्रभावशाली जित
विश्वकप लिग-२ : नेपाली टोलीको घोषणा, इशान पाण्डेले पाए मौका
विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
विश्वकप लिग-२ मा युएईले ओमानलाई ५४ रनले हरायो