काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपाल र स्कटल्यान्ड प्रतिस्पर्धा गर्दैछन् । महत्त्वपूर्ण त्रिकोणात्मक शृंखला अन्तर्गत यसअघि मंगलबार भएको खेलमा दुई रनले पराजित भएको नेपाल आज जित्ने लक्ष्यका साथ मैदानमा हुनेछ ।
यो खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार बिहान ९ बजेर ३० मिनेटमा सुरु हुँदैछ ।
लिग–२ को तालिकामा शीर्ष स्थानमा स्कटल्यान्ड नेपालमाथि जित निकाल्दै उपाधिको दौडमा हुनेछ भने नेपाल स्कटल्यान्डलाई पराजित गर्दै ओडिआई स्टाटस जोगाउने दौडमा छ ।
घरेलु मैदानमा हुने खेल नेपालका लागि एकदिवसीय अस्तित्व जोगाउने लडाइँ जस्तै बनेको छ। दुईदुई खेलको शृङ्खलामा नेपालले एक जित र एक हारको सामना गरिसकेको छ । स्कटल्यान्डसँग पहिलो खेलमा दुई रनले पराजित भएको नेपालले अमेरिकालाई यो शृङ्खलामा ९ विकेटले हराइसकेको छ ।
लिग–२ को तालिकामा अमेरिका २६ खेलबाट ३६ अंक जोडेर दोस्रो स्थानमा छ भने स्कटल्यान्ड ३० खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा छ। नेपाल भने २६ खेलमा २० अंक जोडेर आठ राष्ट्र सम्मिलित तालिकाको सातौँ स्थानमा छ। लिग२ का शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्ने भएकाले नेपालका लागि अबका हरेक खेल ‘गर या मर’ को स्थितिमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ जेठ २०८३, ०६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप लिग-२: अमेरिकामाथि नेपालको प्रभावशाली जित
विश्वकप लिग-२ : नेपाली टोलीको घोषणा, इशान पाण्डेले पाए मौका
विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल
विश्वकप लिग-२ : आज ओमानसँग भिड्दै नेपाल
विश्वकप लिग-२ मा युएईले ओमानलाई ५४ रनले हरायो
विश्वकप लिग-२ : कीर्तिपुरमा नेपाल र यूएई भिड्दै