नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। १९४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको दिल्लीले ४ बल बाँकी छँदै ५ विकेट गुमाएर जित हात पारेको हो।
दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९३ रनको बलियो योगफल खडा गरेको थियो। राजस्थानका लागि ओपनर वैभव सूर्यवंशीले ४६, ध्रुव जिरेल ५३ र कप्तान रियान परागले ५१ रन बनाए ।
दिल्लीका तीव्र गतिका बलर मिचेल स्टार्कले घातक बलिङ गर्दै रन गति रोकेका थिए। स्टार्कले ४ ओभरमा ४० रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिएका हुन्।
जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १९७ रन बनाएर लक्ष्य पूरा गरेको हो । दिल्लीका लागि ओपनरद्वय अभिशेख पोरेल र केएल राहुलले अर्धशतक बनाए ।
खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै टोलीको जितको आधार तय गरेका दिल्ली क्यापिटल्सका मिचेल स्टार्क ‘प्लेयर अफ द म्याच’ बने। यो हारसँगै राजस्थान १२ अंकसहित छैटौं स्थानमा झरेको छ भने समान अंक बनाएको दिल्ली सातौ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ जेठ २०८३, ०६ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : लखनउसँग चेन्नई ७ विकेटले पराजित
आईपीएल क्रिकेट : राजस्थानमाथि गुजरातको सानदार जित
आईपीएल : दिल्लीविरुद्ध कोलकाताको जित
आईपीएल : पञ्जाबलाई हराउँदै हैदराबाद शीर्षस्थानमा
आईपीएल : मुम्बईविरुद्ध हैदरावाद ६ विकेटले विजयी
आईपीएल : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित