भेप प्रकरणमा शकास्पद थप दुई व्यक्ति पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०५ जेठ २०८३, २१ : ०४
भेप प्रकरणमा शकास्पद थप दुई व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल-चीन उत्तरी कोरलानाका हुँदै भन्सार छली गरी जोमसोमतर्फ ल्याइँदै गरेको विद्युतीय चुरोट (भेप) बरामद प्रकरणमा संलग्न थप दुई जना व्यक्तिसहित एक स्कार्पियो गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । 

अवैध रूपमा चोरी-पैठारी गरी ल्याइएका भेप प्रकरणमा संग्लन रहेको आरोपमा थासाङ गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय लेतेले शनिबार बिहान उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

भेप चोरी-पैठारीका लागि नक्कली कागजपत्र बनाउन सहयोग गरेको आशंकामा बिएई ४९२२ नम्बरको स्कार्पियो गाडीसहित गाडीका चालक जिल्ला सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-४ बस्ने ४१ वर्षीय दीपेश गदाल र गाडीमा सवार जिल्ला सिन्धुपाल्चोक लिसङ्खु पाखर गाउँपालिका-७ बस्ने ३९ वर्षीय रवीन्द्र दर्नाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षण सन्तोष बस्यालले जानकारी दिए। 

प्रतिक्रिया दिनुहोस