काठमाडौँ । एक साताअघि तामाकोसीमा बस खसेपछि हराइरहेका एक बालकको शव फेला परेको छ। सिन्धुली गोलन्जोर गाउँपालिका-७ तल्लो बजार नजिक सुनकोसी नदी किनारामा सोमबार बिहान बालकको शव फेला परेको हो।
उक्त शव रामेछापको मन्थली नगरपालिका२ पिप्ले बस्ने हेमलाल तामाङका छोरा नौ वर्षीय कृचन तामाङको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृतक बालकका ठूलोबुवा युवराज तामाङले बालकको शवको पहिचान गरेका हुन्।
माघ २७ गते बिहान बा.प्र ००१-०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायात प्रालिको बस मन्थली नगरपालिका ६ बेनीघाट पुलनजिकैबाट तामाकोसी नदीमा खस्दा १३ जनाको मृत्यु भएको थियो भने सात जना घाइते भएका छन्।
घटनामा दुर्घटनापछि दुई बालक बेपत्ता थिए। बेपत्ता एक बालक अझै फेला परेका छैनन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ फागुन २०८२, १६ : १५
लेखकबाट थप