काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ को समग्र आर्थिक विवरण सार्वजनिक गरेको छ । आयोगले निर्वाचन सञ्चालनमा भएको बजेट निकासा, खर्च, राजस्व तथा धरौटीसमेत समेटिएको एकीकृत विवरण सार्वजनिक गरेको हो ।
संविधान र सम्बन्धित कार्यविधि तथा शासकीय सुधार कार्ययोजना अनुसार तयार गरिएको उक्त विवरण आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । आयोगको मिति २०८३ जेठ ५ गते बसेको बैठकको निर्णय अनुसार खर्च विवरण सार्वजनिक गरिएको जनाइएको छ ।
आयोगका अनुसार निर्वाचनका लागि नेपाल सरकारबाट ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ प्राप्त भएकोमा कुल खर्च ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ रहेको छ । सो आधारमा प्रति मतदाता सरदर खर्च करिब २६३ रुपैयाँ परेको आयोगले जनाएको छ ।
कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताको सहभागितामा निर्वाचन सम्पन्न भएको आयोगको विवरणमा उल्लेख छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र विश्वसनीय बनाउन योगदान दिने सबै निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी तथा सम्बन्धित कर्मचारीप्रति आयोगले आभार व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ जेठ २०८३, २० : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने