एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा अन्धाधुन्ध गोली चलेको छ । उक्त घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा संलग्न शंकास्पद दुई किशोर पनि मस्जिद नजिकै गुडिरहेको कारभित्र मृत फेला परेको बिबिसीले खबरमा लेखेको छ ।
सान डिएगो काउन्टीकै सबैभन्दा ठूलो मस्जिद मानिने क्लेरमोन्ट क्षेत्रको ‘इस्लामिक सेन्टर अफ सान डिएगो’ मा बीभत्स घटना भएको हो । सान डिएगोका प्रहरी प्रमुख स्कट वाह्लका अनुसार यो घटनालाई ‘घृणाजन्य अपराध’ का रूपमा अनुसन्धान अगाडि बढाइएको छ ।
घटनाको सुरुवातमा एक आमाले आफ्नो छोरा हराएको प्रहरीमा रिपोर्ट गरेपछि थाहा भएको थियो । ती महिलाले प्रहरीलाई आफ्नो छोरासँगै घरमा रहेका केही हतियार र कारसमेत बेपत्ता भएको जानकारी गराएकी थिइन् ।
मस्जिदमा आक्रमण हुँदा त्यहाँ खटिएका सुरक्षाकर्मीले प्रतिकार गरेका थिए । आक्रमणमा मारिएका ती सुरक्षाकर्मीको कदमले अन्य धेरैको ज्यान जोगिएको प्रहरी प्रमुखले बताएका ५न् ।
मस्जिदमा गोली चलाएपछि फरार भएका ती दुई किशोर संदिग्धहरू नजिकैको सडकमा गुडिरहेको कारभित्र मृत अवस्थामा फेला परेका थिए । उनीहरूले आफैँलाई गोली हानेको हुन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ जेठ २०८३, ०६ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार