रामेछाप बस दुर्घटना अपडेट : सात जनाको मृत्यु, बेहोस अवस्थामा चार जनालाई अस्पताल लगिँदै

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०८२, १४ : ३०
रामेछाप बस दुर्घटना अपडेट : सात जनाको मृत्यु, बेहोस अवस्थामा चार जनालाई अस्पताल लगिँदै

काठमाडौँ । काठमाडौँको कोटेश्वरबाट ओखलढुंगाका लागि छुटेको एउटा यात्रुवाहक बस मंगलबार मध्याह्न तामाकोशी नदीमा खस्दा सात जनाको मृत्यु भएको छ ।

ओखलढुंगा जाँदै गरेको प्रदेश ३ ०१-००५ख ९९७५ नम्बरको यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका-६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा घटनास्थलमै ७ जनाले ज्यान गुमाएका थिए । अचेत अवस्थामा अस्पताल पुर्‍याइएका उनीहरूलाई डाक्टरले मृत घोषणा गरेका रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका बताए ।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार अचेत अवस्थाका थप चार जनालाई अस्पताल लगिँदै छ भने ८ जना घाइतेहरूको उपचार भइरहेको छ ।

घटनास्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बलको रामेछाप गुल्म र विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली खटिएको थियो । उक्त टोलीले बससँगै तामाकोशीमा डुबेकाहरूको पनि खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस