धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान

सफल खबर संवाददाता

सोमबार, ११ फागुन २०८२, १२ : ५२
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान

काठमाडौँ । पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस धादिङमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। मृतकमध्ये हालसम्म नौ जनाको पहिचान खुलाइएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उक्त सवारीसाधन गए राति बेनिघाट रोराङ गाउँपालिका क्षेत्रअन्तर्गत चरौंदी नजिक भैंसेडाँडा स्थानमा दुर्घटनामा परेको हो। ग.२ ख. १२३१ नम्बरको बस सडक खण्डबाट अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।

दुर्घटनामा घाइते भएका यात्रुको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। प्रहरी विवरणअनुसार ट्रमा सेन्टरमा १४ जना, नेशनल अस्पतालमा १० जना तथा त्रिवि शिक्षण अस्पतालमा एक जना गरी कुल २५ जनाको उपचार जारी रहेको छ।

प्रहरीले मृतकको पहिचान तथा घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य जारी राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस