काठमाडौँ । दुर्गा प्रसाईँमाथि अनुसन्धान अघि बढाउन अदालतले थप तीन दिनको म्याद अनुमति दिएको छ ।
सोमबार राति वीरगञ्जस्थित होटेल सिद्धार्थ दियालोबाट पक्राउ परेका प्रसाईँलाई मंगलबार पर्सा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि म्याद लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिने, सामाजिक सद्भावमा असर पार्ने गतिविधि सञ्चालन गर्ने तथा राज्यविरुद्ध उक्साउने प्रकृतिका क्रियाकलापमा संलग्न भएको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ ।
प्साईँविरुद्ध विद्युतीय कारोबारसम्बन्धी ऐन र सार्वजनिक शान्ति भंगसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा उनका सार्वजनिक अभिव्यक्ति, कार्यक्रम तथा सामाजिक सञ्जाल गतिविधिसम्बन्धी थप प्रमाण र विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ जेठ २०८३, १७ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईं र राणाको दूत बनेर सगुन लावती भारत भ्रमणमा
दुर्गा प्रसाईंमाथि छानबिन गर्न सिफारिस
दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको आधार र कारण पेश गर्न सर्वोच्चको आदेश
वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ
घण्टीमा भोट हाल्नेहरू एक महिनामै लुक्न थाले : दुर्गा प्रसाईँ