काठमाडौँ । काठमाण्डौको बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।
घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन्।
घाइते ३ जनाकै सिभिल अस्पताल वानेश्वरमा उपचार भैरहेको छ। घाइते मध्ये गिरीको अवस्था गम्भिर रहेको छ। आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असार २०७९, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालक सहित २ युवकको मृत्यु
शंखरापुर बस दुर्घटना अपडेटः चार जनाको मृत्यु, २२ घाइते
भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला