कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी

सफल खबर संवाददाता

विहीबार, १८ असार २०८३, १४ : ०७
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी

काठमाडौँ । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक हाइस कर्णाली नदीमा खसेको छ ।

जिल्ला दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ अन्तर्गत सांगेतरा स्थित कर्णाली राजमार्गमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको गाडी नदीमा खसेको हो ।

गाडी चालक जिल्ला सुर्खेत पञ्चपुरी नगरपालिका–८ निवासी अन्दाजी २८ वर्षीय तुलाराम सुवेदी रहेको प्रहरीले जनाएको छ । गाडीमा चालकसहित पाँच जना सवार रहेको भन्ने बुझिएको छ ।

गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको छ। घटनास्थलबाट एक जना पुरुषलाई फेला पारी सडकतर्फ ल्याउने कार्य भइरहेको छ। अन्य सवारको उद्धार कार्य जारी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस