स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते

सफल खबर संवाददाता

विहीबार, २५ असार २०८३, ०९ : ३५
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते

सिरहा । सिरहामा स्कुल बस र मोटरसाइकल ठोकिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत गोलबजार नगरापालिका-९ चोहवामा मे.१ख २३६३ नम्बरको शिव शक्ति बाल बोर्डिङग स्कुलको बसमा सोही दिशाबाट आउँदै गरेको म.प्र.०१-००५ प ३४०६ नम्बरको मोटरसाइकल ठोकिंदा मोटरसाइकलमा सवार परिचय नखुलेका अन्दाजी २४ वर्षीय युवकको मृत्यु भएको हो।

दुर्घटनामा मिर्चया-५ का २४ वर्षीय शंख रिहान र १९ वर्षीय यनतियाज राइन घाइते भएका छन् ।पूर्वबाट पश्चिमतर्फ गइरहेको बस एक्कासी उत्तर गोविन्दपुरतर्फ मोडिंदा सोही दिशाबाट आउँदै गरेको मोटरसाइकल बसमा ठोकिएको प्रहरीको भनाइ छ।

टाउको, दबे हात, दुवै खुट्टामा चोट लागेका रिहानको अवस्था गम्भीर रहेको छ। उनको लाइफ लोङ्ग अस्पताल गोलबजारमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिराटनगर रिफर गरिएको छ। राइनको बायाँ खुट्टामा चोट, बायाँ हात र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। उनको गोलबजरमा उपचार भईरहेको छ।

प्रतिक्रिया दिनुहोस