सुनसरी । कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सवारी साधनका चालक मोरङ रङ्गेली नगरपालिका–३ दर्वेशाका ४२ वर्षीय पदम राई रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
भण्टाबारीबाट लौकहीतर्फ आउँदै गरेको प्र १–०२–००२ च ४८३१ नम्बरको खाली पिकअप अनियन्त्रित भई गए राति सडकमा दुर्घटनमा भएको थियो ।
दुर्घटनामा चालक राई गम्भीर घाइते भएकोमा उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको खड्काले जानकारी दिए ।
दुर्घटनामा पिकअपमा सवार सिरहा लहान नगरपालिका घर भई विराटनगर–१३ बस्दै आएका ३७ वर्षीय सन्तोषकुमार साह घाईते भएका छन् ।
उनको अवस्था समान्य रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असार २०८३, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते