काठमाडौं । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री शेर बहादुर देउवासहित शीर्ष नेता निजगढ जाने भएका छन् ।
आजै प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल र पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ निजगढ जान लागेको सरकारी उच्च स्रोतले जानकारी दिएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी सरकारको निर्णय सर्वोच्च अदालतको बदर गरेपछि अहिले अन्यौलता पैदा भएको छ । प्रधानमन्त्रीसहित दलका शीर्ष नेता त्यहाँको वस्तुस्थिति बुझ्न जान लगेको बताइएको छ ।
काठमाडौंबाहेक अन्यत्र पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने योजनाअनुरूप अहिले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भर्खरै सञ्चालनमा आएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न भारतीय कम्पनी सिजी–इन्फ्रा–बीडीए जेभीलाई जिम्मेवारी दिइएको थियो।
त्यहाँ पहिलो चरणको कार्यक्रमअन्तर्गत मुआब्जा वितरण, रूख गणना लगायत काम भएको थियो । ठुला, साना र मझौला गरी झन्डै २४ लाख रूख कटान र १४ सय घरधुरीको स्थानान्तरण गर्नुपर्ने देखिएको पर्यटन मन्त्रालय मातहत रहेको नागरिक उड्डयन प्राधिकरणले गरेको वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ असार २०७९, ०८ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री
विश्वविद्यालयहरूले बजेट र कार्यक्रम आर्थिक वर्ष सुरु हुनुअघि पारित गरिसक्यो : प्रधानमन्त्री
साउन ७ गते संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल
सेवा प्रवाहमा अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले गरे हुलाकी राजमार्गमा निर्मित रतुवा पुलको उद्घाटन