बेन स्टोक्सले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

सफल खबर संवाददाता

आइतबार, १४ असार २०८३, २० : २४
बेन स्टोक्सले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास

काठमाडौँ । ईंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । हाल ट्रेन्ट ब्रिजमा जारी न्यूजिल्यान्डविरुद्धको तेस्रो टेस्टकै बीचमा उनले सन्न्यासको घोषणा गरेका हुन् ।

स्टोक्स इंग्ल्याण्डका अहिलेसम्मकै सर्वोत्कृष्ट अलराउन्डरमध्येका एक मानिन्छन् । ट्रेन्ट ब्रिजमा जारी खेलमा बलिङ गरिरहेकै समयमा उनको सन्यास सम्बन्धी आधिकारिक विज्ञप्ति सार्वजनिक गरिएको थियो ।

३५ वर्षिय स्टोक्स लन्डनको एक नाइट क्लबको घटनामा सङ्लग्न भएपछि इंग्ल्याण्डको दोस्रो टेस्टमा अनुपस्थित थिए। नटिङ्घममा टोलीको नेतृत्व सम्हाल्न फर्कनुअघि उनले केवल ‘यस हप्ता’ का लागि मात्र टोलीको नेतृत्व गर्ने संकेत गरेका थिए।

प्रतिक्रिया दिनुहोस