हर्क साम्पाङको प्रश्न : ‘म बालेनसँग मिले जनताले कस्तो प्रतिक्रिया देलान् ?’

सफल खबर संवाददाता

आइतबार, १४ असार २०८३, २० : २७
हर्क साम्पाङको प्रश्न : ‘म बालेनसँग मिले जनताले कस्तो प्रतिक्रिया देलान् ?’

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत आफू र बालेन शाहबीच सहकार्य भए जनताले त्यसलाई कसरी लिने हो भन्ने जिज्ञासा व्यक्त गरेका छन्।

उनको टिप्पणी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ एउटै कार्यक्रममा सहभागी भएको तथा सम्भावित राजनीतिक सहकार्यबारे भइरहेको चर्चापछि आएको हो।

साम्पाङले आफ्नो फेसबुकमार्फत ‘प्रचण्ड’ र केपी ओली मिल्दा अचम्म नमान्ने जनताले हर्क साम्पाङ र बालेन मिले भन्ने खबर आयो भने कतिको अचम्म मान्लान् ?’ भन्ने आशयको टिप्पणी सार्वजनिक गरेका छन्।

पछिल्लो समय साम्पाङले सार्वजनिक अभिव्यक्ति तथा विभिन्न माध्यममार्फत बालेन शाहको चर्को आलोचना गर्दै आएका छन्। यस्तो अवस्थामा उनले सामाजिक सञ्जालमा गरेको पछिल्लो टिप्पणीलाई सम्भावित राजनीतिक सहकार्यबारे व्यंग्यात्मक अभिव्यक्तिका रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया दिनुहोस