काठमाडौं । जनता समाजवादी पार्टी विभाजन हुनुभन्दा अघि सहमतिमै मन्त्रीहरु पनि हेरफेर हुने भएका छन् ।
नयाँ मन्त्रीको लिस्ट पार्टी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई हिजो बिहीबार भेटेर बुझाइ सकेका छन् । अध्यक्ष यादवले प्रधानमन्त्री देउवालाई भेट्नुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए ।
अध्यक्ष यादवले राजेन्द्र श्रेष्ठलाई हटाएर सामान्य प्रशासन मन्त्रीमा सुशीला श्रेठको नाम सिफारिस गरेका छन्। श्रेष्ठ पार्टीका वरिष्ठ नेता अशोक राईकी श्रीमती हुन्।
उनको नाम पार्टीको समानुपातिक सूचीमा पनि राखिएको थियो। पार्टी विभाजन हुँदा अशोक राईको सहानुभूति लिन अध्यक्ष यादवले श्रेष्ठलाई मन्त्रीमा सिफारिस गरेको बुझिएको छ ।
यस्तै डा. सूर्य नारायण यादवलाई वन तथा वातावरण मन्त्रीमा सिफारिश गरिएको छ। अध्यक्ष यादवले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो जीत सुनिश्चित पार्न उनको नाम सिफारिश गरेको बताइएको छ । डा. सुरेन्द्र यादवलाई कृषि तथा पशुपालन मन्त्रीमा, मोहम्मद इस्तियाक राईलाई भौतिक निर्माण तथा यातायात मन्त्रालयमा सिफारिश गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असार २०७९, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै