एजेन्सी । अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् । ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन् ।
अमेरिकाभरी सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने की नदिने बहस चलिरहेका बेला घटना पनि बढी रहेका छन् ।पछिल्लो समय गोली प्रहारका घटनामा परी धेरैको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
पछिल्लो पटक शनिबार दिउसो १२।१९ बजे साउथ अल्वानीमा भएको घटनामा परी ३७ बर्षिय एक महिलाको हत्या भएको छ ।यात्रा गरिरहेकी ती महिलालाई अपरिचित व्यक्तिले विना कारण गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धन भइरहेको जनाएका छन् ।
यही हप्तान्तमा सिकागोकै अन्य ठाउँहरुमा पनि गोली प्रहारका अन्य घटनाहरु समेत भएको प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ३० जेठ २०७९, १३ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य