कोलम्बो । भारतले श्रीलङ्काका लागि अत्यावश्यक स्वास्थ्य सामग्री फेरि पठाइदिएको छ । ‘छिमेकीलाई प्राथमिकता’ भन्ने भारतको नीति अनुसार श्रीलङ्कालाई पुनः स्वास्थ्य सामग्री पठाइएको भारतीय अधिकारीले जनाएका छन् ।
आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई सहयोगस्वरूप ३.३ टन अत्यावश्यक स्वास्थ्य सामग्री पठाइएको भारतको भनाइ छ । कोलम्बोका लागि भारतीय उच्च आयुक्त गोपाल बग्लायले श्रीलङ्काका प्रतिनिधिहरूलाई ती सामग्री शुक्रबार हस्तान्तरण गरेका हुन् ।
आर्थिक सङ्कटका कारण स्वास्थ्य सामग्रीहरु किन्न नसकेका र देश भित्र पनि अत्यधिक मूल्य बृद्धि भएको लगायतका कारणले श्रीलङ्काले स्वास्थ्य सामग्री उपलब्ध गराउन अन्य देशहरूसँग अनुरोध गरेको थियो ।
श्रीलङ्काका नागरिकले पनि स्वास्थ्य सामग्रीको मूल्य बृद्धि र अभाव भएको भन्दै तत्काल त्यसको व्यवस्था गर्न माग गरेका थिए । आर्थिक सङ्कटका कारण बहुआयामिक सङ्कटमा परेको श्रीलङ्कामा इन्धन, अमेरिकी डलर, खाद्य पदार्थलगायतका अन्य धेरै चिजको पनि अभाव भइरहेको छ ।
अत्यावश्यक परेका चिज भारतसहित धेरै देशले श्रीलङ्कालाई उपलब्ध गराउदै आएका छन् । भारतले यसअघि पनि स्वास्थ्य सामग्रीलगायतका धेरै प्रकारका सहयोग उपलब्ध गराएको थियो ।
यी सामग्रीहरु उपलब्ध गराउने प्रतिबद्धता भारतले यसअघि नै गरेको थियो । “हाम्रो प्रतिबद्धता अर्को पनि पुरा भएको छ, हामीले श्रीलङ्कालाई अत्यावश्यक परेको स्वास्थ्य सागम्रीहरु उपलब्ध गराएका छौँ,” श्रीलङ्कास्थित भारतीय उच्च आयुक्तको कार्यालयले सामाजिक सञ्जालमा लेखेको छ । -एएनआई
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २१ जेठ २०७९, १३ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?