काठमाडौँ । विशेष अदालत काठमाडौँले स्वास्थ्य सेवा विभागअन्तर्गत भएको मेमोग्राफी मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा तत्कालीन महानिर्देशक संगीता कौशल मिश्रासहित आठ जनालाई आरोप पुष्टि हुन नसकेको भन्दै सफाइ दिएको छ।
विशेष अदालतका सदस्यद्वय नारायणप्रसाद पौडेल र उमेश कोइराला रहेको इजलासले संगीता कौशल मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद सापकोटा, शम्भुप्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकाललाई आरोपबाट मुक्त गरेको हो।
मेमोग्राफी मेसिन खरिद प्रक्रियामा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगले खरिद प्रक्रिया सुरु भएदेखि नै मिलेमतो गरी आपूर्तिकर्तालाई लाभ पुर्याउने उद्देश्यले काम गरिएको, सम्झौताअनुसार सम्पूर्ण सामग्री आपूर्ति नभए पनि झुटा विवरण र कागजातका आधारमा भुक्तानी गरिएको दाबी गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असार २०८३, २१ : २१
लेखकबाट थप