चितवन। चितवनको भरतपुर महानगरपालिका–१२ नौरङे चोक अगाडि एक किशोरमाथि धारिलो हतियार प्रहार भएको छ।
प्राप्त जानकारीअनुसार मिति २०८३ जेठ ३१ गते दिउँसो करिब १:४५ बजे भरतपुर–१२ निवासी १६ वर्षीय रिदम पराजुलीमाथि केही व्यक्तिहरूले चक्कु प्रहार गरी घाइते बनाएका हुन्।
घटनामा आस्थाचोक निवासी मिसन पौडेल, भरतपुर–१० निवासी जेनिस गुरुङ लगायत अन्य ३–४ जना व्यक्तिहरू स्कुटीमा आएर आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
घटनापछि संलग्न व्यक्तिहरू फरार रहेका छन्। घाइतेको उपचार भइरहेको छ भने फरार व्यक्तिहरूको खोजतलास तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ असार २०८३, १८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनका स्पा सेन्टरमा प्रहरीको छापा
सट्टेबाजीको अवैध जालो: कानुनी बन्देजका बिच धन्दामा 'मेलबेट' र मेलबेटका नेपाली एजेन्ट
मालपोत कार्यालयमा दलाली नियन्त्रण गर्न प्रहरीको विशेष अप्रेसन, १६ जना पक्राउ
मालपोत कार्यालयमा चितवन प्रहरीको आँखा!
इनिसा मृत्यु प्रकरण : प्रहरीले बुझायो अनुसन्धानको प्रतिवेदन
२८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ