काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पासपोर्ट छपाइमा भएको भनिएको अनियमितता प्रकरणमा तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवालाई बयानका लागि उपस्थित हुन बोलाएको छ।
आयोगले दुई दिनअघि (मंगलबार) बूढानीलकण्ठस्थित देउवा निवासमा बयानका लागि म्याद तामेलीको सूचना टाँसेको हो। उक्त सूचनाअनुसार, म्याद तामेल भएको मितिबाट बाटोको म्यादबाहेक तीन दिनभित्र आयोगको टंगालस्थित कार्यालयमा उपस्थित भई बयान दिन आग्रह गरिएको छ।
पासपोर्ट छपाइ प्रक्रियामा भएको भनिएको अनियमितताबारे आयोगले अनुसन्धान अघि बढाइरहेको छ। सोही अनुसन्धानका क्रममा तत्कालीन परराष्ट्र मन्त्री देउवालाई बयानका लागि बोलाइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ असार २०८३, १५ : ५२
लेखकबाट थप